३ फागुन, धनगढी । ७ प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।
प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको शपथग्रहण भने अागामी शनिबार गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।