११ असार २०८१, मंगलबार

बास्कोटाको प्रश्न : प्रधानमन्त्रीको कुर्सीमा बस्नको लागि मात्र हो राजनीतिक दल ?


गोकुल बास्कोटा

काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले आज बसेको संसदको बैठकमा केपी शर्मा ओलीको नेतृत्वमा विकासका काम धेरै भएको दावी गारेका छन्। विकास पूर्वाधारका कामहरु भएको र पर्यटन क्षेत्रमा पनि धेरै काम भए पनि विकास नदेखेको दु:ख व्यक्त गरे।

उनले यतिधेरै काम भए पनि कस्तो विकास खोजेको भन्दै प्रश्न गरे। उनले आफ्नो पार्टीको नेतृत्वको सरकारले देश र जनताको हितको काम गर्दै आएको बताए। आफ्नो पार्टीको नेतृत्वको सरकारले मेलम्ची खानेपानी ल्याएको र रेलमार्गसमेत बन्दै गरेको बताए। रेलमार्ग बन्द र मेलम्चीको खानेपानी काठमाडौं आउँदा आम नेपाली खुसि भएको बताए।

बास्कोटाले विकास नगर्नु नै भए राजनीतिक दलको किन आवश्यक ? कि सांसद हुनु, मन्त्री बन्न कि प्रधानमन्त्रीको कुर्सीमा बस्नको लागि मात्र हो भन्दै प्रश्न गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !