२ फागुन, बुटबल । ५ नम्बर प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती निर्विरोध चयन भएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अकौ सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए । उपसभामुखको निर्वाचन भने फागुन ६ गते आइतबारका लागि तोकिएको छ ।