३ असार २०८१, आइतबार

कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि बाबुरामले खुशी हुँदै दिए यस्तो प्रतिक्रिया

बाबुराम भन्छन्, 'आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो'


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि प्रफूल्लित हुदै आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा आज बिहान एउटा स्टाट्स लेख्दै डा. भट्टराईले अन्तत: प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सर्हानीय भएको टिप्पणी गरेका छन्

यस्तै उनले अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं भन्दै आ-आफ्ना दलका फरक एजेण्डा भएतापनि ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता वा प्राथमिकता हो भन्दै आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है भनेर ओलीलाई व्यंग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !