१७ असार २०८१, सोमबार

माओवादी अध्यक्ष प्रचण्ड र बेलायती रक्षामन्त्रीवीच भेटवार्ता


peachanda and belayati rakshamanatri

१ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसँग भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटमा रक्षामन्त्री मार्कलेले अध्यक्ष प्रचण्डसँग निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

रक्षामन्त्री मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाहरुको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षबारे समेत अध्यक्षसँग छलफल गरे । रक्षामन्त्री मार्कका जिज्ञासबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा (एमाले)सँगको एकताको प्रक्रिया अघि बढाइएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु