१२ असार २०८१, बुधबार

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी, सरकारलाई दिएको समर्थन फिर्ता गर्ला त ?


माओवादी केन्द्र स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी रहेको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

हिजो बुधबार प्रतिनिधिसभा बैठकमा सांसद देव गुरुङले ओलीले विश्वासको मत लिनुपर्ने समेत बताइसकेपछि त माओवादी केन्द्रलाई समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको देखिन्छ ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ । काँग्रेस-जसपा लगयतका दलसँगको छलफलपछि प्रचण्ड ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बुझिएको छ ।

यस्तै बैठकमा नयाँ सरकार गठनका बारेमा दलहरुबीच भइरहेको संवादको प्रयास, नेकपा फैसलामा माओवादीले गरेको पुनरावलोकन लगायतका विषयमा पनि छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !