९ असार २०८१, आइतबार

प्रधानमन्त्री ओली भन्छन्, ‘वृद्धभत्ता आगामी साउन १ गतेबाट बढ्छ’


प्रधानमन्त्री केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ शुरु हुने २०७८ साल साउन १ गतेबाट वृद्धभत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्टर्स क्लबको २३ औ वार्षिकोत्सव कार्यक्रममा आज मंगलबार बोल्दै ओलीले सो घोषणा गरेका हुन् ।

ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

ओलीले बाहिर चर्चा भएजस्तो देशमा कुनै संकट नरहेको स्पष्ट पारेका छन् । उनले नेपालमा पछिल्लो समय केहीले मिशन पत्रकारिता गरिरहेको भन्दै त्यसको कडा शब्दमा आलोचना गर्दै साँचो पत्रकारिताको अभ्यास गर्नुपर्नेमा जोड दिए ।

उनले प्रतिनिधिसभा विघटनको सिफारिश अदालतले बदर गरेको उल्लेख गर्दै आफू कुनै आवेश र उत्तेजनामा नआएको स्मरण गराए । उनले अदालतको फैसलालाई आफूहरुले मान्ने र कार्यान्वयन गर्ने पनि सुनाए ।

संसद् पूनःस्थापना हुँदा अदालतलाई गुणगान गर्दै अविर जात्रा गरेको भन्दै प्रचण्ड र माधव नेपालतर्फ ईंगित गर्दै पछि उनीहरुले नै फेरि अदालतको आदेशको आलोचना गरेको पनि उनले टिप्पणी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !