३ असार २०८१, आइतबार

एकाबिहानै भावुक हुँदै कोमल ओलीले लेखिन् मनछुने स्टाटस


कोमल ओली

काठमाडौं । एमालेकी नेत्री कोमल ओलीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको विधनप्रति हार्दिक श्रद्धान्जली दिएकी छन् । ओलीले एक स्टाटस लेख्दै भनेकी छन्, “प्रकृतिका अनुपम उपहार अत्यन्तै सहज र सरल व्यक्तित्व नविन्द्रराजजि प्रति भावपुर्ण श्रद्धाञ्जली !!! तपाईकाे संझना सँधै रहि रहने छ जुन कर्ममा आधारित छ।”

नर्भिक अस्पताल स्रोतले दिएको जानकारी अनुसार आज राती ८:२४ बजे उनको निधन भएको हो । गत फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । सोही दिन बिहान थप उपचारका लागि नर्भिक अस्पताल लगेर अति सघन कक्षमा १ महिनासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नर्भिक अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो । मस्तिष्कघातपछि अस्पताल पुर्‍याउँदा उनको टाउकोमा पानी जमेको पाइएको थियो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो ।

अस्पतालले जारी प्रेस विज्ञप्तिका अनुसार शुक्रबार विहानदेखि उनको मुटुले काम गर्न छोडेको बताएको छ । जोशीको उपचारमा सबै प्रयास जारी राखिएकै अवस्थामा निधन भएको अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

५७ वर्षको उमेरमा निधन भएका जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य, पूर्वसांसद र पूर्वमन्त्री समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !