७ असार २०८१, शुक्रबार

सूर्य थापा भन्छन्, ‘पार्टी कब्जा यस्ता हर्कतहरु गरेको थियो खनाल-नेपाल समूहले’


सूर्य थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खनाल-नेपाल समूहले विगतमा ओली समूहका नेताहरुलाई कथित कारबाही गरेर पार्टी कब्जा गर्न गरेका १२ हर्कतहरु बुँदागत रुपमा प्रस्तुत गरेका छन् ।

हिजो राती सामाजिक संजाल फेसबुकमा लेख्दै उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री ओलीसहित हामी एक दर्जनमाथि कारबाहीकाे घाेषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् श्वरमा श्वर मिलाउन तछाडमछाड गर्ने भ्रममा बाँच्न बाध्य अभिशप्त दु:खी आत्माहरू भनेर खनाल-नेपाल समूहको एमालेका नेताहरुलाई टिप्पणी गरेका हुन् ।

थापाले दु:खी आत्माहरूलाई आज पार्टी एकता चाहिएकाे रहेछ भन्दै खनाल-नेपाल समूहको एमालेका नेताहरुलाई तीखो व्यंग प्रहार गरेका छन् । उनले प्रचण्ड र माधव नेपालका इमान्दार नाेकर बनेर पुस ५ गतेयता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा के चाहिँ गर्न बाँकी ? भनेर प्रतिप्रश्न समेत गरेका छन् ।

काेही प्रदर्शनी मार्गमा चिच्याएका थिए भने कोही केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नाैं भनेको समेत तितो स्मरण गरेका छन् । दु:खी आत्माहरूलाई आज पार्टी एकता चाहिएकाे रहेछ भन्दै खनाल-नेपाल समूहको एमालेका नेताहरुलाई तीखो व्यंग प्रहार गरेका छन् ।

उनले काेही कार्की बैक्वेटमा उफ्रिएका थिए भने कोही केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायाैं भनेर माझण्ड गुटकाे मलामी बनेका जिउँदा लाशहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेकाे ऐलान नै गरेर ७ जनालाई पार्टीबाट नै हटायाैं भनेको स्मरण गराएका हुन् । सूर्य थापाका अनुसार पार्टी कब्जा गर्न खनाल-नेपाल समूहले यत्तिसम्म गरेको रहेछ ।

पार्टी कब्जा गर्न खनाल-नेपाल समूहले गरेका हर्कतहरु

१. प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलकाे नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै हाेइन, चार पटक निस्काशन गरे ।
२. महासचिव विष्णुप्रसाद पाैडेललाई दुई पटक निस्काशनकाे घाेषणा गरे ।

३. मुख्यमन्त्री शंकर पाेखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निस्कासन गरे ।

४. मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एक पटक निस्काशन गरे ।

५. सुवासचन्द्र नेम्वाङलाई संसदीय दलकाे उपनेताबाट एकपटक निस्काशन गरे ।

६. विशाल भट्टराईलाई संसदीय दलकाे प्रमुख सचेतकबाट निस्कासन एकपटक निस्काशन गरे ।

७. शान्ता चाैधरीलाई संसदीय दलकाे सचेतकबाट एकपटक निस्काशन गरे ।

८. प्रभु साहलाईलाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाकाे लागि निलम्बन गरे ।

९. कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाकाे लागि निलम्बन गरे ।

१०. गाेकुल बाँस्काेटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनकाे प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाकाे किरियामा रहनुभएकाले विराेध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए ।

११. सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाकाे लागि निलम्बन गरे र

१२. महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाकाे लागि निलम्बन गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !