८ जेष्ठ २०८१, मंगलबार

गृहमन्त्रीले रेशम चौधरी रिहा हुने संकेत दिएपछि धनराज गुरुङ्ले दिए कडा प्रतिक्रिया


धनराज गुरुङ् फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका केन्दिय सदस्य एवम युवा नेता धनराज गुरुङ्ले गृहमन्त्री रामबहादुर थापा बादललाई कडा प्रश्न गरेका छन्। गुरुङ्ले अपराधीलाई पक्राउ गर्न आदेश दिने कि पक्राउ परेर जेल सजाय भ‍ोगिरहेकालाई छुटाउन आफै धर्ना दिने हो गृहमन्त्री ज्यु ? भन्दै प्रश्न गरेका छन्।

नेता धनराज गुरुङ्ले एक स्टाटस लेख्दै भनेका छन्, “अपराधीलाई पक्राउ गर्न आदेश दिने कि पक्राउ परेर जेल सजाय भ‍ोगिरहेकालाई छुटाउन आफै धर्ना दिने हो गृहमन्त्री ज्यु? राजनीतिलाई अपराधीकरण गर्ने बाटोमा गृहमन्त्री आफै? लज्जा शरम!”

गृहमन्त्री बादल बिहिबार माइतीघर मण्डलामा रेशम चौधरीको हिराको माग गर्दै धर्ना बसका मानिसहरुलाई भेट्न पुगेका थिए। उक्त भेटमा मन्त्री बादलले चौधरीको हिराको लागि वार्ता समिति गठन गरेर वार्तामा आउन आग्रह समेत गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !