१२ असार २०८१, बुधबार

ओलीले बोलाए संसदीय दलको बैठक, खनाल-नेपाल समूह होला त सहभागी ?

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक


एमालेका संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक भोलि शुक्रबार बिहान ११ बजे बोलाइएको हो ।

भट्टराईका अनुसार प्रधानमन्त्री तथा संसदीय दलका नेता ओलीले प्रतिनिधिसभा बैठक र पार्टीका सांसदहरूको भूमिका बारेमा छलफल गर्न दलको बैठक बोलाएको बताएका छन् ।

भोलि शुक्रबार नै नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । शुक्रबारको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे नेताहरूबीच छलफल हुन बाँकी रहेकोले खनाल-नेपाल समूहका सांसदहरू के गर्ने हो भनेर अन्योलमा रहेका छन् ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको नामको आधिकारिकता ऋषि कट्टेलको नेकपालाई दिएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पनि ब्युँतिएका हुन् । एमाले ब्युँतिएपछि ३ पटक संसदीय दलको बैठक बस्दा पनि खनाल-नेपाल समूह सहभागी भएको छैन ।

पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो । प्रतिनिधिसभामा एमालेका १२० सांसदमध्ये खनाल-नेपाल समूहमा हाल ३५ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक

अन्तत: झुक्यो खनाल-नेपाल समूह : चार नेताले जवाफ पठाउने

खनाल-नेपाल समूहको तयारी : स्पष्टीकरणको जवाफसहित ओलीलाई नै प्रतिस्पष्टीकरण सोध्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !