८ मंसिर २०८१, शनिबार

होशियार ! कतै भूलेर प्रधानमन्त्री ओलीको फोटो खिच्दै हुनुहुन्छ, जेल जानुपर्ला

अव मोबाइलले प्रधानमन्त्री ओलीको फोटो भिडियो खिच्न नपाइने


प्रधानमन्त्री ओलीको फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो भिडियो खिच्न नपाइने भएको छ । कतै भूलेर सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीको फोटो भिडियो खिच्दै हुनुहुन्छ, होशियार ! जेल जानुपर्ला है ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए । यससँगै प्रधानमन्त्री ओलीको तस्बिर लिन चाहने कार्यकर्ता तथा फ्यान भने दु:खी भएका छन् ।

सूचना प्रविधिको विकासले गर्दा पछिल्लो समय मोबाइलवाट फोटो भिडियो खिच्न अधिक प्रयोग हुने गरेकोले क्यामराको बजार हवात्तै घटेको घटेको छ भने मोवाइल फोनको प्रयोग एकदम बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !