७ बैशाख २०८१, शुक्रबार

संसदमा कविता वाचन गरेर खगराजले हाने गगन र सभामुखलाई तीखो बाण


खगराज अधिकारी फाइल फोटो

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवं नेकपा एमालेको ओली निकट सांसद खगराज अधिकारीले आज मंगलबार पुन:स्थापित प्रतिनिधिसभाको पाँचौ बैठकको शून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा र प्रतिनिधिसभाला सभामुख अग्नि सापकोटालाई कविता वाचन गरेर व्यंग हान्दै तीखो बाण प्रहार गरेका हुन् ।

सांसद अधिकारीले प्रधानमन्त्रीलाई नैतिकता सिकाउनेहरूले उनीविरुद्ध समर्थन फिर्ता लिन डराउने भन्दै प्रतिप्रश्न गरेका समेत गरेका छन् । उनले अविश्वासको प्रस्ताव फेल हुन्छ भनेर डराउने तर प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भन्दै प्रश्न उठाएका हुन् । साथै उनले सभामुख समेत नेकपाबाट निर्वाचित भएको बताउँदै अब उपसभामुख कुन दलबाट कुन नैतिकताले खोज्ने भन्दै प्रश्न गरे ।

साहित्यिक लयमा उनले भने, ‘नैतिकता त गबजको छ – सरकारलाई दिएको सर्मथन फिर्ता लिन डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने । अविश्वास प्रस्ताव फेल हुन्छ भनेर डराउने, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने । ठाउँ ठाउँमा नेकपाको मलामी जाने कोही छैनन् भन्ने, नेकपा एमालेदेखि सातो जाने । चुनावमा जान खुट्टा कमाउने, लोकतन्त्रको दुन्दुभि बजाउने । नैतिकता कता गयो ? कसरी खोज्ने ?

उनले चुनावमा जान खुट्टा कमाउनेहरूले नै लोकतन्त्रको बाजा बजाएको आरोप समेत लगाए । उनले भने– ‘नैतिकता कता गयो कसरी खोज्ने ? सभामुख महोदय तपाई निर्वाचित हुँदा नेकपा थियो अब उपसभामुख चुन्ने हो भने दलीय सहभागिता कसको भन्ने अनि नैतिकता कसले कसलाई सिकाउने, आफैं भत्ता बढाउन माग गर्ने अनि प्रधानमन्त्री समर्थित सांसदले माग गरे भने प्रचार गराउने नैतिकता के हो कसले कसलाई पढाउने ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !