१२ आश्विन २०८१, शनिबार

सर्वोच्च अदालतले निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी


सर्वोच्च अदालत

२६ माघ, काठमाण्डौ । सर्वोच्च अदालतले प्रदेश नम्बर २ को प्रदेशसभा समानुपातिक सदस्यतर्फ राष्ट्रिय जनता पार्टी नेपालका लागि समानुपातिक समावेशी सिद्धान्त पालना किन नभएको भन्दै निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी गरेको छ ।

राजपा नेपालका नेता रामप्रवेश बैठाले बिहीबार दायर गरको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको हो । नेता बैठा राजपा नेपालको समानुपातिक सूचीको दलितमा पहिलो सूचीमा रहेका थिए ।

न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले तोकिएको कोटामा अन्य समूदायको प्रतिनिधित्वबारे पनि कारण देखाउ आदेश जारी गरेको हो । निर्वाचन आयोगले राजपालाई दलित समूहबाट दुई जना सिफारिसका लागि कोटा निर्धारण गरेपनि अन्तिम सूचीमा दलितको प्रतिनिधित्व नभएको हो । अन्तिम सूचीमा दलितको प्रतिनिधित्व नभएपछि बैठाले माघ २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए  ।-रातोपाटी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !