फाइल फोटो
काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको पाँचौ बैठक आज अपराह्न १ बजे बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा मूख्यत: २ वटा सम्भावित कार्यक्रम रहेको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रममा प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवदेन पेश गर्ने कार्यक्रम रहेको छ ।
यस्तै दोस्रो कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।