१४ आश्विन २०८१, सोमबार

समानुपातिकमा दलहरुले पाएको सिट बाँडफाँट, ८४ महिला अनिवार्य


२६ माघ, काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फ दलहरुले पाएको सिट संख्या तोकेको छ । आयोगले आफूले पाएको सिटमा कति महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्छ भन्नेसमेत तोकेर दलहरुलाई पत्र पठाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकमा भाग लिएका ४९ दलमध्ये ५ दलले मात्र सिट प्राप्त गरेका छन् । आयोगका अनुसार सबैभन्दा धेरै मत एमालेले ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२५ प्रतिशत पाएको छ भने सबैभन्दा कम हाम्रो पार्टीले ४२६ मत प्राप्त गरेको छ ।

शुक्रबार सार्वजनिक भएको प्रतिनिधि सभा समानुपातिक तर्फको परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) ४१, नेपाली कांग्रेस ४०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १७, राष्ट्रिय जनता पार्टी नेपाल ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका छन् । प्रत्यक्षतर्फ एमालेले ८० , माओवादीले ३६ र कांगेसले २३ सिट जितेको थियो ।

राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ जना, राष्ट्रिय जनता पार्टी नेपाल ले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने आयोगले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !