१२ बैशाख २०८१, बुधबार

ओलीले स्पष्टीकरण मागेपछि उल्टै भीम रावलले दिए यस्तो ‘धम्की’


भीम रावल

काठमाडौं । एमालेका नेता भीम रावलले आफ्नो सांसद पद गएपनि केपी शर्मा ओलीसँग नझुक्ने दावी गरेका छन् । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने अधिकार अवैध केन्द्रीय कमिटीलाई नरहेको दावी गरे ।

रेडियो एनआरएनमा ऋषि धमलासँग कुरा गर्दै रावलले भने, “अनुशासनहिन, अराजक, निरंकुश र स्वेच्छाचारी काम हो । अवैध स्पष्टीकरण म मान्दिँन । सांसद पद गए जाओस् ।”

ऐन, कानुन र संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने पार्टी अध्यक्ष ओलीको कथित कमिटीको बैठकले कारवाहीका लागि स्पष्टिकरण सोध्नु अवैध रहेको भन्दै उनले भने, “सांसद पदउनले भन्दै गएपनि प्रधानमन्त्री ओलीका गलत कदमका अगाडी झुक्दिनँ । राजनीतिक नैतिकता नभएको व्यक्तिले बोलाएको अवैधानिक केन्द्रीय कमिटी बैठकका निर्णय मान्दैनौं ।”

गत शनिबार एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !