२० कार्तिक २०८१, मंगलबार

उद्योगपति प्रधान एमालेमा प्रवेश गरेपछि छटपटीदै भट्टराईले ओलीलाई दिए यतिसम्मको गाली


डा. बाबुराम भट्टराई

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २३५ भन्दा बढी उद्योगी ब्यवसायी नेकपा एमालेमा प्रवेशपछि डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिएका छन्। एमाले प्रवेश गर्नेमा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान समेत छन् । २०० भन्दा धेरै व्यापारीहरु एमाले प्रवेश गर्ने भएका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरु एमाले प्रवेश गर्न लागेका छन् ।प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले उनीहरुलाई बालुवाटार बोलाएका हुन् ।

जसपाका अध्यक्ष समेत रहेका डा.भट्टराईले लेखेका छन्,”निजीक्षेत्रका व्यवसायी सत्ताधारी पार्टीमा प्रवेश गर्न तॅछाडमछाड गर्नुको अर्थ देशमा पहिले नै आर्थिक क्यान्सरको रूपमा रहेको क्रोनी क्यापिटालिज्मलाई अझ क्रोनिक बनाउनु हो।निजी क्षेत्रले त लगानीमैत्री वातावरण,विधिको शासन,रोजगारी/निर्यात प्रबर्धन आदि पो खोज्ने हो!सबै उही ड्यांगका मुला?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !