६ बैशाख २०८१, बिहिबार

ओलीले कारबाही गरेपछि छटपटीदै भीम रावलले दिए यस्तो कडा प्रतिक्रिया


भीम रावल

काठमाडौँ । खनाल-नेपाल समुहको नेकपा एमालेका नेता भीम रावलले ओलीले आफूलाई कारबाही गर्नु भनेको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले केपी ओलीले आफू समेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध भएको बताएका छन् ।

आज शनिबार बसेको नेकपा एमालेको ओली समूहको केन्द्रीय सदस्यहरुको बालुवाटारमा बसेको बैठकले शीर्ष नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरी कारबाही प्रक्रिया शुरु गरेपछि विवाद थप चर्किएपछि ती नेताहरुले कारबाहीको प्रतिवाद गर्दै प्रतिक्रिया जनाउन थालेका छन् ।

सो बैठकले पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सो निर्णय अवैध र हास्यासपद रहेको भन्दै नेता रावलले प्रतिक्रिया दिएका हुन् ।

यस्तो छ रावलले निकालेको विज्ञप्ति

यस्तो छ रावलले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !