काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्ग प्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने भएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले अहिलेको यक्ष प्रश्न कोसँग सत्ता समिकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्दा पनि अहिलेको प्रश्न प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई कसरी छिटो हटाउने भन्ने भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अध्यक्ष महन्त ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सत्ताको ललिपप देखाएर विभाजन नजिक पुर्याइदिएपछि उनीप्रति खनिएका हुन् ।
साथै उनले अगाडि आएको बाघलाई पहिले लघारौ; पछाडिका स्यालहरूसंग लड्दै गरौंला ! कुनै गल्ती नगरौं ! भन्दै अहिले जसपा विभाजन नजिक पुगेको अवस्थामा अहिलेको ठुलो चुनौतीलाई सामना गरेर पछिको सानोतिनो चुनौतिसँग लड्दै अघि बढेर जसपालाई फुटवाट जोगाउनु पर्ने आशय प्रकट गरेका छन् ।
उनले लेखेका छन्, ‘ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन; अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो । अगाडि आएको बाघलाई पहिले लघारौ; पछाडिका स्यालहरूसंग लड्दै गरौंला!कुनै गल्ती नगरौं !’
ऐलेको यक्षप्रश्न कोसंग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हॅुदैहैन;अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो!अगाडि आएको बाघलाई पहिले लघारौ;पछाडिका स्यालहरूसंग लड्दै गरौंला!कुनै गल्ती नगरौं!
— Baburam Bhattarai (@brb1954) March 20, 2021