११ पुस २०८१, बिहीबार

३ नम्बर प्रदेशमाको अस्थायी राजधानीमा ६ मन्त्रालय स्थापना


provience3

२५ माघ, हेटौँडा । प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा बिहीबार ६ मन्त्रालय स्थापना गरिएका छन् । हेटौँडा उपमहानगरपालिका– २ स्थित जिल्ला समन्वय समितिको भवनमा केही दिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थापना गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उपमहानगरपालिका– १ स्थित श्रम कार्यालयको भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय, वडा– २ स्थित क्षेत्रीय वन कार्यालयको भवनमा उद्योग, पर्यटन, वन, तथा वातावरण, जिल्ला शिक्षा कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सहकारी डिभिजन कार्यालयको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएका छन्। वडा– १० स्थित क्षेत्रीय स्वास्थ्य कार्यालय भवनमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !