९ मंसिर २०८१, आइतबार

बाबुराम भन्छन्, ‘फुटेका हाँडीका टुक्रालाई टेपले टाँस्नु भन्दा नयाँ समाजवादी ध्रुवीकरणतिर लागौ’


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फुटेका हाँडीका टुक्रालाई टेपले टाँस्नु भन्दा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्नुपर्ने बताएका छन् ।

भट्टराईले आज विहान सामाजिक संजाल ट्वीटरमा पोष्ट गर्दै नयाँ समाजवादी पार्टी ध्रुवीकरणतिर लाग्ने होकि ? भनेर राय व्यक्त गर्दै जसपा विभाजन हुनसक्ने संकेत गरेका हुन् ।

उनले पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न भन्दै मार्क्सेली दर्शनले भन्ने बताएका छन् । नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्‍न सक्‍ने बताएका छन् ।

उनले लेखेका छन्, ‘पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न-मार्क्सेली दर्शनले भन्छ ! नेकपाको अन्तरध्वंस नयॅा समाजवादी शक्ति निर्माणको नयॅा आधार बन्नसक्छ । अत:फुटेका हॅाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टॅासेर पुरानै हॅाडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयॅा समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि ?’

जसपा विभाजनवारे बाबुरामको ट्वीट

यो पनि पढ्नुहोस्

बाबुरामले गरे गम्भीर खुलासा : जसपा विभाजन हुने संकेत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !