७ बैशाख २०८१, शुक्रबार

बाबुरामले गरे गम्भीर खुलासा : जसपा विभाजन हुने संकेत


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा विभाजन हुनसक्ने संकेत गरेका छन् । आज विहान सामाजिक संजाल ट्वीटरमा पोष्ट गर्दै उनले नयाँ समाजवादी पार्टी ध्रुवीकरणतिर लाग्ने होकि ? भनेर संकेत गर्दै विभाजनको खुलासा गरेका हुन् ।

उनले पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न भन्दै मार्क्सेली दर्शनले भन्ने बताएका छन् । नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्नसक्छ भनेर उनले लेखेका छन् ।

अत: फुटेका हॅाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टॅासेर पुरानै हॅाडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयॅा समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि ? भनेर जसपा विभाजनको संकेत गरेका छन् ।

उनले लेखेका छन्, ‘पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न-मार्क्सेली दर्शनले भन्छ ! नेकपाको अन्तरध्वंस नयॅा समाजवादी शक्ति निर्माणको नयॅा आधार बन्नसक्छ । अत:फुटेका हॅाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टॅासेर पुरानै हॅाडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयॅा समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !