७ पुस २०८१, आइतबार

ओली र प्रचण्डवीच छलफल सम्पन्न, पार्टी संयोजन समिति बैठक भोलि


प्रचण्ड र ओली

२५ माघ, काठमाण्डौ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच बिहीबार अपरान्ह पार्टी एकता बारे छलफल सम्पन्न भएको छ । छलफलमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको थियो प्रचण्ड्को सचिवालयले जानकारी दिएको छ ।

‘पार्टी एकता र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने बिषयमा उहाँहरूवीच कुराकानी भएको थियो’ प्रचण्डको सचिवालयले भनेको छ । दुई नेताले शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक गर्ने निर्णय गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !