१६ असार २०८१, आइतबार

ओलीले मुन्ट्याएर निकाल्न खोजेको भन्दै माधव नेपालले दिए यस्तो कडा प्रतिक्रिया


माधव नेपाल

काठमाडौं । एमालेका नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको दावी गरेका छन् । नेता नेपालले मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्ने बताए ।

राष्ट्रिय भेलाको समापन समारोहलाई बोल्दै नेता नेपालले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको दावी गरे। नेता नेपालले स्वयं व्यक्तिले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा मात्र पद जाने बताए। नेता नेपालले भने, ‘हटाउने हो भने हामीलाई हटाउने हो । हटाओस्, हामी तयार छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !