१६ असार २०८१, आइतबार

ओलीलाई अर्को झड्का: ओलीको बैठकमा हिँडेका सांसद बीच बाटोबाटै फर्किएपछि …


केपी शर्मा ओली

काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहका सांसदहरू केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने भएका छन् । ओलीले बोलाएको बैठकमा भाग लिन केही सांसदहरु सानेपाबाट हिँडे पनि उनीहरु बीच बाटोबाटै फर्किएका छन् ।

स्रोतका अनुसार स्थायी कमिटीबाहेकका सांसदहरु ओलीले बोलाएको दलको बैठकमा जाने भन्ने सल्लाह भएपनि माधवकुमार नेपाल र झलनाथ खनालको उपस्थितिमा भएको छलफलले बालुवाटार नजाने निष्कर्ष निकाल्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !