६ जेष्ठ २०८१, आइतबार

नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक बस्दैछ । एमालेको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बिहिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको नेकपाको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबै संसदलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको हो । बिहीबार ११ बजे बालुवाटारमा बस्ने बैठकमा आउन सबै सांसदहरुलाई एसएमएस गरेर निम्तो समेत दिएको भट्टराईले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !