१४ आश्विन २०८१, सोमबार

एमाले र माओवादीवीच पार्टी एकताको निर्णायक छलफल आज


emale ra maaobadi parti akata

२५ माघ, काठमाण्डौ । पार्टी एकताका विषयमा बिहीबार एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुने भएको छ । पछिल्लो समय एकता प्रयास भंग हुने स्थितिमा पुगेकाले यो बैठकलाई निर्णायक छलफलका रूपमा लिइएको छ ।

अन्तिम प्रयासस्वरुप आज पार्टी एकता संयोजन समितिको बैठक बसेर छलफल हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ । छलफलको समय भने तय भएको छैन ।

सैद्धान्तिक कुरा पनि छोड्नुपर्ने र पार्टी अध्यक्ष पनि दिन नसकिने कुरा एमालेवाट आएकोले एकता हुने सम्भावना लगभग सकिएको माओवादी नेताहरुको बुझाइ छ । तर, एमालेका नेता सुवास नेम्वाङले भने पार्टी एकताबारे दुवै पार्टीका अध्यक्षबीच गम्भीर छलफल भइरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !