८ मंसिर २०८१, शनिबार

देउवा प्रधानमन्त्री बन्न डराउनुको कारण रहस्यमय भएको भन्दै पौडेलले दिए यस्तो कडा प्रतिक्रिया


रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गठनमा पार्टी सभापति शेरबहादुर देउवामाथि नै संका गरेका छन् । वरिष्ठ नेता पौडेलले सरकार गठनमा सभापति देउवाको उदासिनता रहस्यमय भएको बताएका छन् ।

एक कार्यक्रममा बोल्दै नेता पौडेलले यो अनिर्णयको अवस्थामा हाम्रो पार्टी र ढुलमुल अवस्थामा हाम्रो नेतृत्व रहन नहुने बताए । आफूले सभापतिलाई फोन गरेको भन्दै नेता पौडेलले भने, “जसपा र माओवादी केन्द्रलाई पनि साथ दिऊँ, यो सरकार ढलाइदिऊँ । तर अहिलेसम्म यो अगाडि बढ्न सकेको छैन । यस्थास्थितिमा हामी रहने हो भने फेरि पनि राजनीति उल्टो दिशामा जाँदैछ । “


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !