७ मंसिर २०८१, शुक्रबार

नेपाल-खनाल समूहले राष्ट्रिय भेला बोलाएपछि आत्तिदै गोकुल बास्कोटाले दिए कडा प्रतिक्रिया


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाल-झलनाथ खनालको रणनीति स्पष्ट रहेको दावी गरेका छन्। बास्कोटाले नेपाल-खनाल समूहको रणनीति गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने रहेको आरोप लगाएका छन्।

बास्कोटाले नेपाल-खनाल समूहको रणनीति संसदमा १०-२० ले फ्लाेर क्रस गरेर कार्वाही भाेग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने बताएका छन्।

सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै बास्कोटाले भनेका छन्, “माधब रणनीति स्पष्ट छ-गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने,संसदमा १०-२०ले फ्लाेर क्रस गरेर कार्वाही भाेग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने।स्पष्ट अब अरु हुन पर्छ जाे अझै अलमलमा छन।नत्र ४ गतेकाे भेला किन?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !