१४ आश्विन २०८१, सोमबार

५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा एमाले २, माओवादी २, कांग्रेस १ सिटमा विजयी


प्रदेश ५

२४ माघ, दाङ । ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । परिणमअनुसार प्रदेश ५ मा एमाले २, माओवादी २ र कांग्रेस १ सिटमा विजयी भएका छन् ।

दलिततर्फ एमालेका उम्मेदवार रामलखन चमारले ५ हजार ५०८ मतले विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका मैकुलाल वाल्मीकिको मत २ हजार ३७० छ । यसैगरी अपांग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुँवरले ५ हजार ३४० मतले विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लुटबहादुर खत्रीको मत भने २ हजार ५२० आएको छ ।

यसैगरी अन्य ३ पदमा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेवाट खिमलाल भट्टराईको मत ३ हजार ६, माओवादीवाट चन्द्रबहादुर खड्काको मत २ हजार २८० र कांग्रेसवाट दुर्गाप्रसाद उपाध्यायको मत २ हजार ४०१ रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । तीनै जना उम्मेदवारले ल्याउनुपर्ने मतभारभन्दा बढी मत पाएपछि विजयी भएको घोषणा गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !