४ आश्विन २०८१, शुक्रबार

३ नम्बर प्रदेशमा शतप्रतिशत मतदान


praddesh 3

२४ माघ, ललितपुर । ३ नम्बर प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । प्रदेश ३ को ललितपुर महानगरपालिका-४ को कार्यालयमा मतदान भएको हो ।

३ नम्बर प्रदेशको राष्ट्रियसभाका ३४८ (प्रदेशसभा सांसद ११० सांसद र स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख २३८) मतदाताले २ बजेसम्ममा मतदान गरिसकेको प्रमुख निर्वाचन आयुक्त बालमुकुन्द दवाडीले जानकारी दिए ।

राष्ट्रियसभाका ८ सदस्यका लागि भएको निर्वाचनमा प्रदेश ३ वाट १४ जनाले उम्मेदवारी दिएका छन् । अबको केही बेरमा सर्वदलीय बैठक बोलाएर मतगणनाको समय तोक्ने र मतगणना सुरु गर्ने दवाडीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !