६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको मन्त्रिपरिषद्को बैठक जारी


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

प्राय:जसो सोमबार र विहीवार बस्ने गरेको मन्त्रिपरिषद्को बैठक एक्कासी आकस्मिक रुपमा प्रधानमन्त्री ओलीले आइतबार बोलाउनुलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।

आज बसिरहेको मन्त्रिपरिषद्को बैठक नियमित भनिएपनि केहि नयाँ निर्णय हुनसक्ने सम्भावना रहेको अनुमान गर्ने सकिन्छ । सर्वोच्च अदालतले नेकपालाई खारेज गरी नेकपा एमालेका ब्युतियाइदिएपछि एमाले भित्र ओली समूह र खनाल-नेपाल समूहले छुट्टाछुट्टै समानान्तर कमिटी गठन गरेर विवाद उत्कर्षमा फेरि पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहित उनी पक्षीय पदाधिकारी र स्थायी कमिटी सदस्यहरु निर्वाचन आयोग पुगेको अवस्थामा बसिरहेको मन्त्रिपरिषद्को बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !