१५ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक बस्दै, के गर्ला त निर्णय ?


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । माओवादी केन्द्रको हिजो शनिबार सम्पन्न स्थायी समिति बैठकको निर्णय अनुसार केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गरेर साबिककै दलको हैसियतमा पुर्याएपछि माओवादी केन्द्रको बस्न लागेको केन्द्रिय समितिको बैठकलाई महत्वका साथ् हेरिएको छ । आज बस्ने बैठकले देशको समसामयिक राजनीतिक परिदृश्यबारे छलफल गर्ने केन्द्रका एक नेताले बताए ।

बैठकमा पार्टीको नाम, आगामी रणनीति, नयाँ सरकार गठनका लागि अन्य दलहरुसँगको समिकरण र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन लगायतका विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्री र एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका २३ जना नेताहरुलाई कारवाही गर्ने लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

केन्द्रको हिजो शनिबार बसेको स्थायी समिति बैठकले सरकारमा रहेका ७ मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । माओवादीबाट गृहमन्त्री बनेका रामबहादुर थापा, उद्योग वाणिज्य मन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, शहरी विकास मन्त्री प्रभु साह, खेलकुद मन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

पत्र पठाएर औपचारिकता पूरा गरेको माओवादीले उनीहरूलाई कारबाही गर्दै पार्टी सदस्यबाट हटाउने तयारी गरेको छ । एमाले केन्द्रीय सदस्यमा मनोनित भएका ती नेताहरूलाई दल त्याग गरेका हुन् वा होइनन् स्पष्ट पार्न स्पष्टिकरण पत्रमा भनिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य भएका उनीहरूलाई पार्टीले हटाइसक्दा राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार सांसद स्वतः जानेछ ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्रले एमालेमा लागेका बादलसहित ६ मन्त्रीलाई बोलायो फिर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !