१५ असार २०८१, शनिबार

काँग्रेसलाई सरकारमा जान हतार छैन: कोइराला


पोखरा, १३ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसलाई सरकारमा जान कुनै हतार नभएको बताका छन् ।
shekhar-koirala
काँग्रेस पोखरा उपमहानगरपालिका ३ नं वडा एकाइ समितिद्वारा नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले राष्ट्रिय समृद्धि र विकासका लागि केन्दि्रत बन्दै संविधानको कार्यान्वयनमा लाग्नु नै पार्टीको प्राथमिकता भएको बताउँदै मधेसका जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए । काँग्रेसको आन्तरिक सङ्गठन मजबुत बनाउनुपर्ने र भ्रातृ सङ्गठनको अधिवेशन चाँडै सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

काँग्रेस पोउमपा वडा नं ३ का सभापति दिलीप गिरीले नेपाली जनताले काँग्रेसबाट संविधानको कार्यान्वयन र राष्ट्रिय समृद्धि एवम् विकासको अपेक्षा गरेको बताए । काँग्रेसका नेता केशवराज पराजुलीले काँग्रेसमा पछिल्ला समयमा वैचारिक विचलन भइरहेको धारणा राखे । साहित्यकार तेजनाथ घिमिरेले नेपालका परिवर्तनमा नेतृत्व गर्दै आएको कााग्रेसले परिवर्तनलाई संस्थागत गर्ने कुरामा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सो अवसरमा नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष वासु गौचनलाई सम्मान गरिएको थियो भने काँग्रेसमा प्रवेश गरेका क्षेत्रबहादुर गुरुङलाई पार्टीको सदस्यता प्रदान गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !