१४ आश्विन २०८१, सोमबार

६ नम्बर प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लगाउन दुई पूर्वगृहमन्त्री सुर्खेतमा


pradesh 6

२४ माघ, सुर्खेत । ६ नम्बर प्रदेशमा मुख्यमन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत आइपुग्नु भएको छ ।

मुद्दामा दुई फरक मत राख्दै आउनुभएका पूर्वगृहमन्त्रीहरुको मंगलबार साँझ बैठक बसेको हो । बैठकमा मिलेर मुख्यमन्त्रीको मुद्दा टुङ्ग्याउने सहमति भएको छ । समग्र ६ नं प्रदेशको समृद्धि र पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या हल गर्न तथा पिछडिएको प्रदेशलाई समृद्धिमा बदल्न एकरुपताका साथ अघि बढ्ने समझदारी भएको जनाइएको छ ।

मुख्यमन्त्री चयन लगायतका विषयमा छलफल गर्न ६ नं प्रदेशमा रहेका पोलिटब्यूरो सदस्यहरुको आज बुधबार विहान ११ बजे बैठक बोलाइएको नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य तथा ६ नं प्रदेश संयोजक मायाप्रसाद शर्माले जानकारी दिनुभयो । लामो समयदेखि फरक फरक तरिकाले आ–आफ्ना गतिविधि गरिरहेका दुवै पूर्वगृहमन्त्री मंगलबार साँझ एउटै कार्यक्रममा देखिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !