१२ पुस २०८१, शुक्रबार

एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय


नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराही

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले दशौं महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका हुन् ।

आगामी महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष मात्रै सहभागी केन्द्रीय कमिटी बैठकले उक्त निर्णय लिएको हो । तर माधव नेपाल तथा झलनाथ खनाल पक्षका नेताहरूलाई जानकारी नै नदिई उक्त निर्णय भएको स्रोतको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !