६ जेष्ठ २०८१, आइतबार

ओली फागुनको दोस्रो साता प्रधानमन्त्री बन्ने तयारी


KP Oli Government केपी शर्मा ओली

२३ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुणको दोस्रो साता प्रधानमन्त्री बन्ने तयारी हुँदैछन् । एमालेले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ ।

एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो ।

वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने भएपछि ओलीको नेतृत्वको रथमा को–को सवार हुन्छन् भनेर अहिलेदेखि नै बहस सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै अघि नै ओलीको नेतृत्वमा सरकार बन्ने सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

वाम गठबन्धन निकट उच्च स्रोतले दिएको जानकारी अनुसार ओली सवार हुने रथमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सरिक हुने बुझिएको छ । ओलीको चाहना पनि आफू दुई तिहाईको प्रधानमन्त्री बन्नेछ ।

त्यसो भएपछि मधेशवादी दलले उठाएको संविधान संशोधनको मुद्दापनि सम्बोधन हुने पक्का देखिएको छ। ओली अहिले यादव र ठाकुरसँग नियमित छलफलमा जुटेका छन् । यता नेताद्धय ठाकुर र यादवले पनि संविधान संशोधन भए आफूहरु सरकारमा सहभागी हुने ग्रिन सिग्नल दिईसकेका छन् । Reportersnepal


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !