१८ बैशाख २०८१, मंगलबार

पात झर्छ तर जरा सँधै रहिरहन्छ : पुर्वराजा ज्ञानेन्द्र


raja zanendra shah

२२ माघ, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन् । शाहले प्रस्थान गर्नेक्रममा लक्ष्य पूरा गर्न बाटो विभिन्न लिए पनि एउटै सिद्धान्तमा अडिग हुनुपर्ने बताए ।

दुई साता लामो भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले उदाहरण पनि दिन भ्याए- ‘हामीले प्रकृतिवाट पनि सिक्न सक्छौँ । रुखका पातहरु झरे पनि, फेरिए पनि जरा कहिल्यै फेरिन्न ।’

शंकराचार्य निश्चयनान्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षमा आयोजित कार्यक्रममा सहभागिता जनाउने छन् । शाहलाई उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको छ ।

विमानस्थलमा कुरा गर्दै उनले आफ्नो भ्रमण धार्मिक भएको र शंकराचार्यको निमन्त्रणामा भारत जान लागेको बताए । उनले पात झरेपनि जरा सँधै रहिरहने बताए । ‘रुखहरु हेरौँ पात झर्छ तर जरा सँधै रहिरहन्छ’, उनले भने । भ्रमणको क्रममा हिन्दु धर्मका विषयमा आयोजित छलफलमा सहभागि हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !