६ पुस २०८१, शनिबार

प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिए माओवादी, काँग्रेस र जसपाको सरकार बन्छ : मिन विश्वकर्मा


मीनबहादुर विश्वकर्मा

नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा माओवादी, काँग्रेस र जसपाको सरकार बनाउने विषयमा छलफल हुने बताएका छन् ।

सरकारले संसदलाई बिजनेश नदिएका कारण संसद बैठक लम्बिइरहेको भन्दै विश्वकर्माले भने, ‘यदि उहाँहरुले समर्थन फिर्ता लिनुभयो भने त्यो बेला नेपाली काँग्रेस, जसपा र नेकपा(माओवादी केन्द्र) ३ वटा शक्तिको बल्ल सरकार बनाउने विषयमा छलफल हुन्छ । सरकारको कार्यशैली, संसदलाई बिजनेस नदिएका कारणले संसदको बैठक लम्बिइरहेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !