३ असार २०८१, सोमबार

केपी ओलीले ठग्नेबाहेक के काम गरे ? अनि ओलीको नाम लिनुहुन्छ ? : राजेन्द्र महतो


काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जाने कुनै योजना नभएको दावी गरेका छन् । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महतोले आफूहरुले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने बताए ।

महतोले निलम्वित सांसद रेशम चौधरीको मुद्दा फिर्ता, मधेस आन्दोलनको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग पूरा भए सरकारमा जाने दावी गरे । महतोले भने, “ठग्नेबाहेक केही काम गरे केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !