१२ आश्विन २०८१, शनिबार

माओवादी केन्द्रमा फर्किदैनौं, सांसद पद गएपनि मतलव छैन : लेखराज भट्ट


लेखराज भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको दावी गरेका छन् । भट्टले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताए । भट्टले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको दावी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै भट्टले भने, ‘हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं । समर्थन फिर्ता लियो भनेपनि पार्टी (माओवादी केन्द्रमा) मा फर्किने सम्भावना मैले देख्दिन । पुरानो पार्टीमा नफर्किँदा सांसद पद जाने/नजाने बारेमा छलफल गर्दैछौं । के हुन्छ ? सोचेर निष्कर्ष निकाल्छौं ।’ न्ने बारेमा गृहकार्य भइरहेको छ,’ भट्टले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !