७ बैशाख २०८१, शुक्रबार

काठमाडौं आइपुगे नेत्रविक्रम चन्द ‘विप्लव’, प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदै


नेत्रविक्रम चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन् । विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदैछन् ।

भूमिगत रूपमा रहँदै आएका चन्द करिब २ वर्षपछि औपचारिक रुपमा सार्वजनिक हुदैछन् । आज शुक्रवार दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् ।

सरकारले आफ्नो समूहमाथिको प्रतिबन्ध फुकुवा भएपछि शुक्रवार विहान उनी पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए । प्रधानमन्त्री र विप्लवको वीचमा संयुक्त समारोहलाई सम्बोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !