८ बैशाख २०८१, शनिबार

नेपालमा अस्थिरता ल्याएर प्रचण्डले आफ्नो स्वार्थ लुट्न खोजेको शान्ता चौधरीको आरोप


शान्ता चौधरी

काठमाडौँ । नेकपा ओली समूहकी नेतृ शान्ता चौधरीले नेपालमा अस्थिरता ल्याएर आफ्नो स्वार्थ लुट्न खोज्ने बिदेशी शक्तिले जितेर स्वाभिमान नेपाली जनताले हार्ने दिन नआयोस् भन्दै बताएकी छिन्। शान्ता चौधरीले आफु व्यक्तिगत रुपमा हार्नु परे हार्नुस, तर देशलाइ जिताउनुस भन्दै आग्रह गरेकी छिन।

सामाजिक संजालमा एक स्टाटस लेख्दै शान्ता चौधरीले भनेकी छिन्, ‘नेपालमा अस्थिरता ल्याएर आफ्नो स्वार्थ लुट्न खोज्ने बिदेशी शक्तिले जितेर स्वाभिमान नेपाली जनताले हार्ने दिन नआवोस, एस्तो अबस्था निम्त्याउनु अपराध हो, अहिले पनि केहि बिग्रेको छैन, आफु व्यक्तिगत रुपमा हार्नु परे हार्नुस तर देशलाइ जिताउनुस, फेरी एकता गर्नुस, जनताको अपमान नगर्नुस!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !