काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने बताएका छन् । ओलीले एक सयबाट शुरु भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको उल्लेख गर्दै छिट्टै ५ हजार पुर्याइने बताएका हुन् ।
बिहिबार सिन्धुलीको एक कार्यक्रममा बोल्दै ओलीले भने,‘वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइने छ ।’