३ असार २०८१, आइतबार

१ नम्बर प्रदेशको पहिलो बैठक आज बस्दै


प्रदेश नं १

२२ माघ, विराटनगर । १ नम्बर प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । प्रदेशसभाको पहिलो अधिवेशन जिल्ला समन्वय समितिको कार्यालयमा १ बजे सुरु हुनेछ । पहिलो अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ ।

सभा हलसहितका अन्य तयारी पूरा भएपछि आइतबार संसद बैठकको पूर्वाभ्याससमेत गरिएको थियो । पूर्वाभ्यासमा जेष्ठ सदस्य ओमप्रकाश सरावगीले सभामुखको आसनवाट सभा सञ्चालन गरेका थिए । सभामुखको प्रवेशसँगै राष्ट्रिय धुनमा सबै सरिक भएका थिए भने भने त्यसपछि सरावगीले प्रदेश प्रमुखले संसद अधिवेशन आह्वान गरेको पत्र वाचन गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !