काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले बिप्लव समूहसँग वार्ताको प्रयत्न ठीक रहेको बताएका छन् । डा. भट्टराईले दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन, दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तन निम्ति यसलाई प्रयोग गरे गजबहुने बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै डा. भट्टराईले भनेका छन्, ‘बिप्लव समूहसंग वार्ताको प्रयत्न ठीक छ । दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तननिम्ति यसलाई प्रयोगगरे गजबहुनेछ । संगसंगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्वगर्ने शक्तिहरूसंग समझदारी गरेर TRC/वेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ !’
बिप्लव समूहसंग वार्ताको प्रयत्न ठीक छ।दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तननिम्ति यसलाई प्रयोगगरे गजबहुनेछ।संगसंगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्वगर्ने शक्तिहरूसंग समझदारी गरेर TRC/वेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ!
— Baburam Bhattarai (@brb1954) March 3, 2021