१३ आश्विन २०८१, आइतबार

४ नम्बर प्रदेशको सांसदलाई पूर्वाभ्यास


pradesh number 4 pokhara

२१ माघ, पोखरा । प्रदेश नं ४ प्रदेशसभा बैठकको आज ११ मिनेट पूर्वाभ्यास सम्पन्न गरियो । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा प्रदेशसभाको पूर्वाभ्यास बैठक दिउँसो ४ः२९ बजेदेखि ४ः४० बजेसम्म चल्यो ।

भोलि सोमबार विहान ११ बजे प्रदेशसभाको पहिलो अधिवेशन बस्दैछ । यो प्रदेशमा ११ जिल्लावाट ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीवाट चुनिएका ६० जना सांसदहरू छन् । ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा आयोजित अभ्यासमा ५६ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।

बैठक कक्षका अधिकांश फर्निचर स्थानीय तहमा नै व्यवस्थापन गरिए भने सभामुख बस्ने कुर्सी भने काठमाण्डौवाटै मगाइएको संघीय संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए । प्रदेशसभा सदस्यमध्ये कसैले यो अभ्यासलाई संविधानसभावाट जारी भएको संविधान, संघीय लोकतान्त्रिकजस्ता विषयको कार्यान्वयनको महत्वपूर्ण खुड्किलोको रुपमा रहेको प्रतिक्रिया दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !