११ पुस २०८१, बिहीबार

७ नम्बर प्रदेशको प्रदेशसभा बैठक २९ गतेको लागि स्थगित


pradesh 7

२१ माघ कैलाली । ७ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठक माघ २९ गते बस्ने गरी स्थगित भएको छ । उक्त बैठक जिल्ला समन्वय समितिको हलमा बसेको थियो ।

बैठकमा नेकपा एमालेका प्रकाश शाह, नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट र नेपाली कांग्रेसका भरत खड्काले प्रदेश नम्बर ७ सम्भावनाको खानी रहेको भन्दै यहाँको पर्यटकीय स्थल, जलविद्युत, नेपाल-भारत सीमा नाका लगायतका विषयमा अब भन्ने प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

राजपाकी मालमती रानाले ७ नम्बर प्रदेशको राजधानी धनगढीलाई तोक्दा थारुहरुको सल्लाह नलिएको बताइन् । उनले कैलाली क्षेत्र नम्बर १ वाट विजयी राजपाका नेता रेशमलाल चौधरीलाई जनताले आफ्नो मत दिएर विजयी गराएकोले वारेसनामा मार्फत प्रमाणपत्र दिनु पर्ने बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !