७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हट्दिन : सभापति देउवा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका छन् । सभापति देउवाले कांग्रेसलाई पदको लोभ नभएको तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाड्ने बताएका हुन् ।

आज चितवनको एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री हुने अवसर पाइयो भने जिम्मेवारीबाट नभाग्ने बताएका हुन् । उनले आफूले प्रधानमन्त्री पद नमागेको पनि बताउदै प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने उनको धारणा छ ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रसंग उठाएको भन्दै जवाफमा उनले ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न’ पनि पौडेललाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीका लागि मरिमेट्ने वा भाग्ने कुरा नहुने बताए ।

‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन ।’ ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ,’ उनले भने ।

देउवाले कांग्रेसलाई पदको लोभ नभएको तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिने संकेत गरे । तर आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए प्रधानमन्त्री बन्न सक्ने उनले धारणा व्यक्त गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !